साविक गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २ अर्बमाथि, खुद नाफा २२ प्रतिशतले बढ्यो

३१ बैशाख २०८०, आईतवार ०९:०५

काठमाडौं । साविक गुराँस लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार १६.१४ प्रतिशतले बढेर कोषमा १४ अर्ब १ करोड १५ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको गत आवको यसै अवधिसम्म बीमा कोषमा १२ अर्ब ६ करोड ३९ लाख रुपैयाँ संचित रहेको थियो । साथै यता जगेडा कोषको आकार १९.०८ प्रतिशत र महाविपत्ती कोषको आकार ४५.८६ प्रतिशतले बढेको छ ।

सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब २२ करोड १४ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा ५.६७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले २ अर्ब ३५करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

साथै सो अवधिसम्म कम्पनीको अभिकर्ता कमिशन १६.२७ प्रतिशतले घटेर २३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा कमिशन आय २१.४७ प्रतिशतले बढेको छ भने व्यवस्थापन खर्च समेत ७.६३ प्रतिशतले बढेको छ । कम्पनीको खुद नाफा २२.५१ प्रतिशतले बढेर १६ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ९.६० पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७६ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७९७.१० रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*