नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?

३१ बैशाख २०८०, आईतवार ०९:२०

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (वैशाख ३१) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्न ल्याएको हो। लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*