निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको उन्नयनका लागि अर्थमन्त्री डा. महतको शुभकामना

३१ बैशाख २०८०, आईतवार १०:१०

काठमाडौ । बीमा क्षेत्रको आधिकारिक र समग्र वित्तीय क्षेत्रमा जनपक्षिय सूचना तथा समाचार संम्प्रेषण गर्दै आएको बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले शुभकामना ज्ञापन गर्नु भएको छ ।

२०७८ साल बैशाख ३१ गते आजैका दिनबाट औपचारिक शुभारम्भ गरिएको बीमापोष्ट डटकम आज दोस्रो वर्ष सफलतापूर्वक पार गर्दै तेस्रो वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा अर्थमन्त्री डा. महतले नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बीमा सेवा प्रवाह गर्न सक्षम बनाउने चुनौति रहेको उल्लेख गर्नु भएको छ । जोखिम न्यूनिकरण र राष्ट्रको लागि पुँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बीमा देशको वित्तीय क्षेत्रको मेरुदण्ड भएको बताउँदै अर्थमन्त्री डा. महतले बीमा क्षेत्रमा रहेको विकृति निवारण गर्दै बीमा क्षेत्रको उन्नयनमा बीमापोष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो बार्षिकोत्सवको अवसरमा दिनु भएको सन्देशको पूर्णपाठः

विकास, सुशासन र अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धिमा राष्ट्रको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको महत्वपूर्ण भूमिका रहन्छ ।
२०७८ साल वैशाख ३१ गते शुक्रबारदेखि सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यमलाई तेस्रो बार्षिकोत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु ।
वित्तीय क्षेत्रको मेरुदण्डको रुपमा रहेको बीमा क्षेत्रले आम नागरिकको आर्थिक जोखिम उपर रक्षावरण र पूँजि निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सर्वविदितै छ ।

नेपालमा बीमाको समावेशी पहुंच अभिवृद्धि गर्ने, बीमाका अन्तर्राष्ट्रिय मापदण्डहरु परिपालना गर्ने तथा बीमा क्षेत्रमा देखिएका विकृति निवारण गर्नु पर्ने चुनौती विद्यमान रहेको छ ।
यस सन्दर्भमा आम नेपाली जनतालाई बीमा सचेतनामार्फत बीमाको पहुँच वृद्धि गरी दायरा फराकिलो पार्ने कार्यमा यस अनलाईनले खेलेको भूमिका सह्रानीय विश्वास गरेको छु । यसलाई अझै अब्बल तुल्याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा, मर्यादित, स्वच्छ, व्यवसायिक एवं निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको उन्नयनका लागि गर्दै आएको कार्यलाई थप मजबुत बनाउन आग्रह गर्दै बीमापोष्टले मनाउन लागेको तेस्रो बार्षिकोत्सवको अवसरमा पुनः बधाई तथा उज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

२९ बैशाख, २०८०
डा. प्रकाशशरण महत, अर्थमन्त्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*