बीमापोष्टलाई तेस्रो बार्षिकोत्सवको शुभकामनाः सूर्य प्रसाद सिलवाल, अध्यक्ष, नेपाल बीमा प्राधिकरण

३१ बैशाख २०८०, आईतवार १०:०९

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्दै बीमा साक्षरता अभिबृद्धिको लागि भूमिका निर्वाह गर्दै खवरदारी गर्दै अघि बढ्न सुझाव दिनु भएको छ । तेस्रो बार्षिकोत्सवको अवसरमा अध्यक्ष सिलवालले शुभकामना सन्देश दिँदै बीमा क्षेत्रमा आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गरेर समग्रमा बीमाको सकारात्मक अभिबृद्धि र समृद्धिको पक्षमा कलम चलाएकोमा सन्तोष व्यक्त गर्नुभएको छ ।

अध्यक्ष सिलवालले भन्नुभएको छ, ‘बीमापोष्ट डटकम दोस्रो वर्ष पुरा भई तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पूर्ण टिमहरुलाई हार्दिक बधाई दिन चाहन्छु । बीमापोष्टले आगामी दिनमा पनि अघिल्ला बर्षझै निष्पक्ष ढंगबाट समाचार सम्प्रेषण गर्न सकोस् ।

यस शुभ अवसरमा बीमा क्षेत्रमा भएका र वित्तीय घटनाहरुलाई खबरदारी गर्दै बीमा सचेतनामा पनि ध्यान दिएर अघि बढोस् भन्ने सुझाव दिन चाहान्छु । नेपालको बीमा क्षेत्रमा विगत २ वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका लागि बिशेष धन्यवाद दिन चाहन्छौं । बीमापोष्टले मनाउन लागेको तेस्रो बार्षिकोत्सवको अवसरमा पुनः बधाई तथा उज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*