छोटो समयमा नै नडगमगाउने सञ्चार माध्यम बन्योः संचालक, कपिलदेव ओली, सञ्चालक, नेपाल बीमा प्राधिकरण

३१ बैशाख २०८०, आईतवार १०:०६

काठमाडौं ।  बीमापोष्ट डटकम आजदेखि दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै छोटो अवधीमा यसले बीमा क्षेत्रका सबैको मन खिच्न र ध्यानाकर्षण गराउन सफल भएको छ, तेस्रो बार्षिकोत्सवको उपल्क्ष्यमा शुभकामना दिन चाहन्छु ।

बीमा क्षेत्रमा भएका सकारात्मक पक्षलाई थप बढावा दिँदै नरकारात्मक पक्षलाई रोक्ने र खबरदारी दिने कार्यमा बीमापोष्ट डटकमले गरेका थुप्रै कामहरु निकै सह्रानीय छन् । बीमा क्षेत्रमा मात्रै नभई वित्तीय क्षेत्रमा हुने र भइरहेका नीतिगत अन्योलतालाई चिर्दै सरकारलाई वित्तीय मार्गदर्शन दिन सफल भएको छ ।

बीमा क्षेत्रमा बीमापोष्टडटकम ले छोटो समयमा आफनो छुट्टै पहिचान बनाउन सफल भएको छ । सत्य समाचार छाप्न नड्गमगाउने र निष्पक्ष ढंगबाट नियामक, बीमक, बीमित, अभिकर्ता र सर्भेयरहरुलाई सुसूचित गराउने माध्यम बनेको छ । यस अवसरमा मेरो व्यक्तिगत तर्फबाट धेरै–धेरै बधाई दिन चाहन्छु ।

आगामी दिनहरुमा पनि बीमा क्षेत्रको वास्तविकता र यथार्थ दृष्टिकोणलाई लिएर थप अघि बढ्न र बीमा क्षेत्रको ऐना बनेर अघि बढोस् भन्ने मेरो सुझाव रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*