जनताको एजेण्डा उठाउन सफल भएको छ, बीमापोष्टलाई वधाई: बीमाविज्ञ डा. रविन्द्र घिमिरे

३१ बैशाख २०८०, आईतवार १०:०७

डा. रविन्द्र घिमिरे, बीमा विज्ञ (उप प्राध्यापक, पोखरा विश्व विद्यालयलय)

सर्वप्रथम बीमापोष्टलाई तेस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभ–कामना । बीमापोष्ट डटकम ले सदैव बीमा क्षेत्र तथा वित्तीय क्षेत्रमा भएका समसामयिक विषयवस्तुको मुद्दाहरुमा कलम चलाउँदै आइरहेको छ ।
बीमा क्षेत्रमा देखिएको विसङ्गतीहरुलाई बीमापोष्टले निष्पक्ष ढंगबाट प्रस्तुत गर्दै आइरहेको छ । सूचना तथा समाचार सम्प्रेषणमा बीमापोष्टले सदैव इमान्दारिता देखाएको छ ।

नेपालमा अन्य थुप्रै सञ्चार माध्यमहरु छन्, तथापि अन्य सञ्चार माध्यमहरुले प्रकाशित गर्न नसकेका विषयवस्तुको उठान गर्दै आइरहेको छ । यो वित्त क्षेत्रकै लागि सह्रानीय कार्यको रुपमा मैले लिएको छु । आगामी दिनहरुमा अझै यसरी सशक्त ढंगबाट अगाडी बढ्दै जाओस्, डाटा बिश्लेषणको कामहरुलाई अझै उत्कृष्ट बनाउँदै लगोस् मेरो हार्दिक शुभकामना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*