जीवन बीमाको संवाहक बन्न सफल भएको छः पोषकराज पौडेल, अध्यक्ष, नेपाल जीवन बीमक संघ

३१ बैशाख २०८०, आईतवार १०:०७

काठमाडौं ।  बीमापोष्ट डटकम एउटा सञ्चार शसक्त बीमा सञ्चार माध्यम बनिसकेको छ । बीमापोष्ट वित्तीय क्षेत्र र बीमा क्षेत्रमा लोकप्रिय छदैछ, जीवन बीमा क्षेत्रमा अझै बढि लोकप्रिय छ । बीमा अभिकर्ता र बीमितलाई बीमा साक्षरता फराकिलो पार्दै अघि बढेको बीमापोष्ट जीवन बीमाको अभिन्न अंग बनिसकेको छ । सर्वप्रथम, बीमा क्षेत्रको निष्पक्ष समाचार सम्प्रेषण गर्ने बीमा पोष्टलाई तेस्रो बार्षिकोत्सवको शुभकामना ।

बीमा र वित्तीय क्षेत्रको समसामयिक बिषयलाई समेटेर सूचना र समाचार संप्रेषण गर्दै रुपमा दुई बर्ष सफलतापूर्वक पार गरेकोमा हार्दिक बधाई छ । बीमापोष्टको उत्तरोत्तर प्रगती र बीमा र वित्तीय क्षेत्रको साझा न्यूज मिडियाको रुपमा निष्पक्ष कलमप्रति विशेष सम्मान गर्दै धन्यवाद दिन चाहन्छु । यहाँहरुको सम्पूर्ण टिमलाई नेपाल जीवन बीमक संघ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना प्रकट गर्न चाहन्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*