बीमापोष्टले मन जित्न सफल भएको छः भोजराज शर्मा, सिईओ इन्स्योरेन्स इन्स्टिच्यूट नेपाल

३१ बैशाख २०८०, आईतवार १०:०७

काठमाडौं । बीमापोष्ट डटकमलाई दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश सुन्दा निकै खुशी लागेको छ । यस सुखद अवसरमा सबै टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

बीमा र वित्तिय क्षेत्रमा बीमापोष्ट डटकमले आफनो लेखनमा निष्पक्ष भएर आफ्नो छुट्टै पहिचान बनाएर छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ । आगामी दिनमा नेपाली बीमा क्षेत्रको दीगो विकास, बीमा क्षेत्रको समग्र विकासमा बीमापोष्ट डटकमले अझै प्रभावकारी भूमिका खेल्ने विश्वास मैले लिएको छु ।

सत्य तथ्यमा आधारित भएर बीमापोष्ट डटकमले आफ्ना लेखनहरुलाई थप परिष्कृत बनाउँदै तथ्य परक तथा विश्लेषणत्मक आफ्ना पाठकहरु माँझ पस्किँदै जाओस् भन्दै सबैलाई शुभकामना दिन चाहन्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*