स्वास्थ्य बीमाको सचेतनामा पुर्याएको योगदानका लागि धन्यवादः दामोदर बसौला, कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड

३१ बैशाख २०८०, आईतवार १०:०६

बीमा र स्वास्थ्य बीमामा भिन्नता छ । साधारण स्वास्थ्य बीमा र स्वास्थ्य बीमा बोर्डद्धारा गरिने स्वास्थ्य उपचार बीमामा भिन्नता छ । यो भिन्नता चिनउने र आम जनतामा स्वास्थ्ये बीमाबारे सचेतना जगाउँदै आइरहेको बीमापोष्ट डटकमले तेस्रो बार्षिकोत्सव मनाउन लागेको अवसरमा निकै खुशी लागेको छ । बीमापोष्ट डटकमले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

बीमा र वित्तिय क्षेत्रमा बीमापोष्ट डटकमले आफ्नो लेखनमा निष्पक्ष भएर आफ्नो छुट्टै पहिचान बनाएर, छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ । आगामी दिनमा पनि जनताको एजेण्डाहरु लिएर प्रगति गर्दै जाओस् भन्ने शुभकामना बीमापोष्ट परिवारलाई दिन चाहान्छु ।

स्वास्थ्य बीमाको सचेतनामा यो मिडियाले पुराएको योगदानलाई धन्यवाद दिँदै आगामी दिन बीमा क्षेत्र र स्वास्थ्य बीमा क्षेत्रको मागदर्शक बनेर अघि बढ्न बीमापोष्ट डटकमलाई अग्रिम शुभकामना ज्ञापन गर्दछु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*