साविक सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा २६ करोडमाथि, इपिएस कति ?

३१ बैशाख २०८०, आईतवार १२:५७

काठमाडौं । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बीमा व्यवसायमा सुधार देखिएको हो ।

गत वर्षको यसै अवधिसम्म कम्पनीले १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमा व्यवसाय गरेको थियो । साथै कम्पनीले सो अवधिसम्म बीमा कोषमा २ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ संचिति गरेको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले ९६ करोड ६० लाख रुपैयाँ मात्रै बीमा कोषमा संचित गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको जगेडा कोषमा ७४ करोड ५७ लाख रुपैयाँ संचित गरेको भने महाविपत्ती कोषमा १८ करोड ९ लाख रुपैयाँ संचित गरेको छ ।
बीमा कोषको आकार बढेसँगै कम्पनीले चालु आवको नौ महिनासम्म ४० करोड २ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । यस अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या १ लाख ३८ हजार ५३६ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीले २६ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म कम्पनीले २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ १ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३६८ रुपैयाँ १५ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*