नयाँ ब्रोकर लाइसेन्स वितरण पारदर्शी छ, ‘शेयर लगानीकर्ताको हित नचाहने तत्वले चलखेल नगर्नू’

३१ बैशाख २०८०, आईतवार १३:१२

काठमाडौं । नयाँ स्टक ब्रोकर एसोसिएसनले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नयाँ ब्रोकर लाइन्सेन्स वितरण प्रक्रियामा नियामक निकाय, सरकार र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै पुरानो स्टक ब्रोकर्स एसोसिएसनले गत वैशाख २९ गते विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्ड (नियामक निकाय), मन्त्रिपरिषद र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलेखलप्रति गम्भीर ध्यनाकर्षण भएको जनाएको छ । आफ्नो सिन्डिकेट र मोनोपेली कायम राख्नका लागि पुरानो स्टक ब्रोकर्स एसोसिएसनले सर्वोच्च अदालत र सरकारको स्वायत्त संस्था नेपाल धितोपत्र बोर्डमाथि आर्थिक चलखेलको आरोप कपोकल्पित र भ्रामक रहेको नयाँ स्कट ब्रोकर एसोसिएनको ठहर छ ।

नयाँ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरुसमेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको जनाइएको छ । ‘आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालको इतिहासमा पहिलोपटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना रहेको विज्ञप्तिमा जनाइएको छ। ‘तर, यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाणसहित प्रमाणित गर्न हामी चुनौति दिन्छौँ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानुनी उपचार खोज्न बाध्य हुनेछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र बोर्डबाट पूर्वस्वीकृति ९आशयपत्र० प्राप्त गरेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको भेलाले सागर ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ स्टक ब्रोकर एसोसिएसन नेपाल गठन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*