नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको ५५औं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

३१ बैशाख २०८०, आईतवार १३:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औ बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

सो अवसरमा प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनिहरूकोबीचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना मिति २०८०।०१।२७ र २८ गते गरेको थियो ।  सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय बिजयी भएको थियो ।

त्यसै गरि बैशाख ३१ गतेका दिन नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरि रक्तदान जिवनदान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै नेपाल बीमा प्राधिकरणको ५५औ बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जेठ १ गतेका दिन बिहान ७ बजे धनगढी चौराहा चोक बाट बीमा सचेतना मुलक प्रभातफेरि पदयात्रा कार्यक्रम सुरू गरि नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा कोणसभा गरि समापन गर्ने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*