दोहोरो अंकले घट्यो नेप्से, हाइड्रोपावर उपसूचकमा सर्वाधिक गिरावट

३१ बैशाख २०८०, आईतवार १५:१३

काठमाडौं । गत साताको अन्तिमतिर सामान्य सुधार देखिएको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता शेयर किनबेच हुँदा ९० करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज लगानी उपसूचक बाहेकका सबै इन्डेक्सहरु राताम्य रहेका छन् । सर्वाधिक हाइड्रोपावर उपसूचक २.२१ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*