नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने

३१ बैशाख २०८०, आईतवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेच्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘सलिको’ सिम्बोलबाट सूचीकृत भएको हो ।

साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने।गाभिने वा मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ६२ लाख २६ हजार ३८१ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुुकुवा गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*