जोखिम रक्षावरण र पुँजि निर्माणमा बीमाको उपयोग गर्नुपर्दछ, बीमापोष्टले बेथिती र विकृतिहरुको खवरदारी गर्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड

३१ बैशाख २०८०, आईतवार १०:११

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बीमा क्षेत्रको बेथिती र विकृतिहरुमाथि खवरदारी गर्ने कार्यमा बीमापोष्टले अझै सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले बीमापोष्टको तेस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गर्नु भएको शुभकामना सन्देशमा बीमा क्षेत्रको समग्र विकास र समृद्धिको पक्षमा बीमापोष्टले खेलेको भूमिका स्मरण गर्दै विकृति र बेथितिको खवरदारी गरिरहने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सञ्चार माध्यमहरुले सरकार र जनताको बीचमा पुल बनेर सहिजकरण गर्नुपर्ने आवश्यकता औल्याउँदै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सञ्चार माध्यमहरुको अहम् भूमिका रहने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले दिनु भएको शुभकामना सन्देशः

शुभकामना
राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पादक तथा संचालक समितिका सदस्यहरू कर्मचारीहरू र उक्त सञ्चार माध्यममार्फत आफ्ना सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र देशमा सुशासनसहितको समृद्धिको लागि सञ्चार माध्यमको अहम् भूमिका रहेको हुन्छ । सञ्चार माध्यमहरूमा पछिल्लो समय अनलाईन सञ्चार माध्यमको प्रयोग व्यापक रुपमा बढिरहेको छ । आम सञ्चार माध्यमहरूको व्यवसायिक विकास र गुणस्तरीय पाठ्यसामग्रीहरूको प्रचार–प्रसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र देशमा सुशासन कायम गर्न महत्वपूर्ण रहन्छ । राष्ट्रको चौथो अंगको रुपमा रहेको सञ्चार माध्यम जनताको दैनिन्य समस्याहरू सरकार सामू पुरÞ्याउन पुल बन्नुपर्दछ ।

बीमा क्षेत्र देशको समग्र अर्थतन्त्रको महत्वपूर्ण आधार हो । बीमाकै माध्यमबाट नागरिकको जोखिम रक्षावरण गर्न सकिन्छ । त्यसैगरी, नागरिकमा राहत हस्तान्तरण गर्न उपयुक्त औजारको रुपमा विकास गर्न सकिन्छ । समय समयमा उत्पन्न हुने दैवीप्रकोप वा अन्य घटनाहरूमा हरेक दिन ठूलो धनजनको क्षति हुने गरेको छ । नागरिकका जोखिमहरूको रक्षावरण गर्दै वचत तथा पुँजी निर्माण मार्फत बीमा क्षेत्रको समग्र विकास, आम नागरिकमा बीमाको समान पहुँच र अर्थतन्त्रमा यसको योगदान बढाउनु आजको मुख्य आवश्यकता हुन आएको छ । बीमा क्षेत्रमा अनलाईन सञ्चार माध्यको भूमिका समेत महत्वपूर्ण रहन्छ । बीमा कम्पनीहरूले अनलाईन सञ्चार माध्यमलाई उपयोग गरेर समय, अर्थ र श्रमको बचत गर्न सक्दछन् । यस अनलाईन सञ्चार माध्यमले बीमा क्षेत्रको विकास र विस्तारमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा समेत यस्ता सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैलाई लाभ उठाउन मद्दत गर्नुका साथै बीमा क्षेत्रमा घट्न सक्ने बेथिति र विकृतिहरूको खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु ।

अन्त्यमा, जनपक्षीय पत्रकारिताको माध्यमबाट बीमापोष्ट डटकमले स्थापनादेखि नै आम नागरिकलाई बीमाको पहुँच बृद्धि र दायरा फराकिलो पार्ने कार्यमा भूमिका खेलेर उदाहरणीय कार्य गरेको छ । बीमापोष्टले मनाउन लागेको तेस्रो बार्षिकोत्सवको अवसरमा बधाई तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
३१ वैशाख, २०८०

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*