दोस्रो बजारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार सुरु, कति कित्ता सूचीकृत ?

१ जेष्ठ २०८०, सोमबार ११:३६

काठमाडौं । नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार सुरु भएको छ । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको मर्जरपछि बनेको ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ को नाममा २ करोड ६२ लाख २६ हजार २८१.९६ कित्ता सेयर आइतबार सूचीकरण भएको थियो ।

सोमबारदेखि यसको सेयर कारोबार खुला भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ भाउ तोकेको थियो । सोही मूल्यलाई आधार मानेर पहिलो कारोबार भएको हो ।
‘एसएएलआइसीओ’ संकेतमा कारोबार सुरु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*