नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयको प्रभातफेरी कार्यक्रम सम्पन्न

१ जेष्ठ २०८०, सोमबार १२:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयले ५५औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरेको प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम बीमा प्राधिकरणको मधेस कार्यालय, आदर्शनगरबाट सुरु भइ घडिहर्वा पोखरी, घण्टाघर, मकालु होटल हुँदै पुन प्राधिकरणको कार्यालय अगाडि आइ समापन भएको थियो ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरु, जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरु, बीमा अभिकर्ताहरु लगायत करिव ३०० जनाको सहभागिता रहेको थियो । सो प्रभात फेरी बिहान ७ बजेबाट सुरु भइ ८ बजे समापन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*