पोखरमा बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामूलक र्याली सम्पन्न (फोटो फिचर सहित)

१ जेष्ठ २०८०, सोमबार १३:२९

काठमाडौं बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामूलक र्याली पोखरामा भव्यत्ताका साथ सम्पन्न भएको छ। बीमा तथा बैकिङ्ग अध्ययन समूह स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्धारा सन् २०१६ (बि.सं. २०७३) मा स्थापित एक सामाजिक स्वयंसेवी संस्था हो । यसको मूल उद्देश्य बीमा र बैकिङ्ग बिषयमा अध्ययन अनुसन्धान गर्ने, सचेतना फैलाउने, उद्योगी ब्यवसायीहरुसंगको सहकार्यमा कन्फरेन्स, समिनार आयोजना गर्ने रहेको छ ।

५५औं बीमा दिवसको सन्दर्भमा आज पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस, पो म.पा. ३० ढुंगेपाटनबाट स्कूल अफ बिजनेसमा बिबिए बिआई कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा बिबिए अध्ययनरत विद्यार्थीहरुको समेत सहभागितामा करिब ३०० जना बिद्यार्थी सहितको र्याली  शुरु गरिएको थियो ।

उक्त र्याली बिभिन्न नाराहरु लेखिएको प्लेकार्डहरु र ब्यानर बोकी विश्वविद्यालय वरिपरिका सडक हुंदै पृथ्वीराजमार्गसम्म पुगेको थियो । सर्वसाधारणहरुलाई जनचेतनामूलक पर्चाहरु वितरण गरिएको थियो ।
राजमार्गमा सवारी साधनहरु भित्र पनि पर्चा बितरण गरिएको थियो । पर्चामा बीमाका प्रकार, महत्वको बारेमा प्रकाश पार्नुको साथै बीमा कम्पनीहरुको नाम र सम्पर्क नम्बरहरु उल्लेख गरिएको थियो ।
र्यालीको नेतृत्व स्कूल अफ बिजनेसका निर्देशक डा। श्रृजन ज्ञवालीले गरेको थियो भने प्राध्यापक, बिद्यार्थी, कर्मचारीहरु पनि सहभागी भएका थिए ।

र्यालीको बिसर्जन पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालयमा पुगेर भएको थियो भने बिसर्जन सभालाई सम्बोधन गर्दै सहप्राध्यापक डा. रविन्द्र घिमिरेले बीमाको महत्व र अपरिहार्यताको बारेमा प्रकाशपारेका थिए । समापन कार्यक्रममा बीमा तथा बैकिङ्ग अध्ययन समूहका अध्यक्ष दिपेश भूजेलले यस कार्यक्रममा सहभागीहुने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने ब्यक्ति, संस्था,पत्रकार, मेडिया हाउस, विश्वविद्यालय प्रशासन, प्राध्यापक, बिवद्यार्थी, कर्मचारी, स्थानीय बासिन्दा, बुद्धिजीवि, जनप्रतिनिधि, प्रहरी प्रशासन, सवारी चालक तथा प्रायोजक रिलायबल नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीलाई सर्ब धन्यवाद दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*