बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालयको प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्वीरहरु)

१ जेष्ठ २०८०, सोमबार १३:३५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोजना गरेको प्रभातफेरी कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनिका प्रदेश प्रमुख, शाखा प्रमुख तथा बिमकका कर्मचारीहरुलाई स्वागत गरी सुरू गरेको बीमा सचेतना मुलक प्रभातफेरि पदयात्रा सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा कोणसभा गरी कार्यक्रम सम्पन्न गरेको हो ।

 

 

सो कोणसभामा बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका सहायक निर्देशक दिपक ज्ञवालिले सुदुरपश्चिम प्रदेश बीमाको दायरामा पछाडि रहेको हुनाले बीमाको क्षेत्रमा अझै मेहनत गरि बीमाको दायरा बिस्तार गर्नुपर्ने कुरा बताएका थिए । यसका साथै, बीमा कम्पनिले सर्वसाधारणमा बीमा प्रस्ताव गर्दा बीमाको महत्त्व बुझाएर मानिसको क्षमता अनुसार बीमा गर्नु हुन आग्रह गरेका छन् ।

सो अवसरमा जीवन बीमाको तर्फबाट एशियन लाईफका प्रदेश प्रमुख लोकराज जोशिले बीमा प्राधिकरणले यस प्रदेशमा अभिभावकिय भुमिका निर्वाहगर्दै आफुहरूलाई कार्यक्रममा सहभागी गराएकोमा धन्यवाद भन्दै खुसि ब्यक्त गरेका थिए ।

त्यसैगरि निर्जिवन बीमा तथा निप्सको तर्फबाट सुनिल श्रेष्ठले बीमा प्राधिकरणको बार्षिकउत्सव कार्यक्रमको सुभकामना सहित विभिन्न कार्यक्रममा सहभागिहुन पाएकोमा खुसि ब्यक्त गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*