नेप्सेमा थप एक हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

१ जेष्ठ २०८०, सोमबार १४:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माई खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एमकेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो

कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई निष्काशन भएको आइपीओ सूचीकृत गरेको छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसा सम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*