शेयरबजारमा झिनो अंकको गिरावट, ४ उपसूचकमा हरियाली छाउदा कारोबार ७२ करोडमा सीमित

१ जेष्ठ २०८०, सोमबार १५:१२

काठमाडौं । मौद्रिक नीति समिक्षाको पर्खाइमा बसेका बसेका लगानीकर्ताहरु पछिल्लो समय घट्दै गइरहेको शेयरबजारप्रति निराश बन्न पुगेका छन् ।

मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताहरुले अपेक्षा राखेबमोजिमको कुनै पनि नीतिहरु समावेश नभएका कारण शेयरबजारमा लगातार गिरावट आइरहेको छ । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८१८ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर किनबेच हुँदा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । सर्वाधिक निर्जीवन बीमा उपसूचक शुन्य दशमलव ६२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*