बीमा प्राधिकरण कर्णाली प्रदेशद्धारा ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन, दुरदराजसम्म बीमाको पहुँच पुराउन सुझाव

१ जेष्ठ २०८०, सोमबार १७:३३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेशले ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन गरेको छ । एक साता सम्म विविध कार्यक्रम गरि यस बर्ष कर्णली प्रदेशले पहिलो पटक हर्षोउल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ।

साता व्यापी कार्यक्रममा पहिलो दिन फुटसल, दोस्रो दिन अन्तरबीमक हाजिरी जवाफ, रत्तदान कार्यक्रम गर्दै अन्त्यसमा प्रभात फेरी सहित एक कार्यक्रमकाबीच कर्णाली प्रदेशले कार्यक्रम सम्पन्न गरेको छ।
प्राधिकरणल आयोजना गरेको बार्षिकोत्सव कार्यक्रममा कर्णाली प्रदेशको मुख्य मन्त्री राजकुमार शर्मा, बिशिष्ट अतिथि पदम बहादुर शाहीको उपस्थिती रहेको थियो ।

त्यस्तै, कार्यक्रममा अतिथीमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटा, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालय प्रमुख बाबुराम कोइराला, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई विरेन्द्रनगर सुर्खेतका कार्यालय प्रमुख पुष्पराज पौडेल, निप्स जीवनतर्फ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद अधिकारी, निप्स निर्जीवन तर्फ कर्णाली प्रदेशका अध्यक्ष योगेन्द्र बहादुर कार्की तथा स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश संयोजक तथा जिल्ला संयोजक, बीमाका शाखा तथा उप शाखा कार्यालय प्रमुख, सर्भेयर अभिकर्ता बीमा कम्पनीका कर्मचारी लगायतको उपस्थिी रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशका सहायक निर्देशक विनोद भुसालले स्वागत मन्तव्य राखेका थिए । निप्स जीवनतर्फ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद अधिकारी, निप्स निर्जीवन तर्फ कर्णाली प्रदेशका अध्यक्ष योगेन्द्र बहादुर कार्की तथा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालय प्रमुख बाबुराम कोइराला र बीमक एवं सरोकारवालकोहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई बिशेष सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेशको प्रदेश प्रमुख राजकुमार शर्माले बीमाको पहुँच दूर दराजसम्म पुराउने निति ल्याउनुपर्नेमा जोड दिन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*