जानकी फाइनान्सको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

२ जेष्ठ २०८०, मंगलवार ०९:३४

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । संस्थाका दुईजना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको  हो ।

संस्थाका शेयरधनी अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या र मूल्य खुलाई संस्थाको कम्पनी सचिव कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*