मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह

२ जेष्ठ २०८०, मंगलवार ११:५३

 

काठमाडौैं । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयबाट हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

यसका साथै, क्यापिटलका अनुसार मुक्तिनाथ विकास बैक वा लुम्विनी विकास बैंक मध्ये आफुलाई पायक पर्ने नजिकको शाखा कार्यालय मार्फत १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*