माई खोला हाइड्रोपावरको शेयरमा पहिलो दिनमै नकारात्मक सर्किट, धमाधम बेच्न थाले लगानीकर्ताहरुले शेयर

२ जेष्ठ २०८०, मंगलवार १२:१८

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको आइपीओ सोमबार ‘एमकेएचएल’ सिम्बोलबाट नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कम्पनीको आइपीओ पहिलो कारोबार ३३५ रुपैयाँमा भएको छ । कारोबारको पहिलो दिन नै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर शेयरमूल्य ३०१ रुपैयाँ ५० पैसामा पुगेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पहिलो दिन नै कम्पनीका शेयरधनीहरुले धमाधम शेयर बिक्री गर्न लागेपछि कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*