धितोपत्र बोर्डले लाइसेन्स दिएको सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा स्वार्थ बाझिने लगानी

२ जेष्ठ २०८०, मंगलवार १२:२४

काठमाडौं । नेपाल धितो पत्र बोर्डले भर्खरै नयाँ ब्रोकरको लाईसेन्स दिएको सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा स्वार्थ बाझिने गरी निर्णय भएको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सको लागि एलओआई प्राप्त गरेको सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा हाल नबिल बैंकका सञ्चालक रहेका निर्वाण चौधरीको नाममा १० करोड रुपैयाँ लगानी गरेको तथ्य भेटिएको छ ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारी सम्बन्धी नियामावलीमा कुनै पनि सूचिकृत संस्थाको सञ्चालकको लगानी धितोपत्र ब्रोकर कम्पनीमा प्रतिबन्धित छ । तर, देशकै ठूलो बैंक नबिलका सञ्चालक तथा मुख्य लगानीकर्ता आफैले १० करोड रुपैयाँ लगानी गरेर संस्थापना गर्न चाहेको सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजलाई नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि अनुमति दिएको खुलेको छ ।

बोर्डका अनुसार स्वार्थ बाझिने गरी धितोपत्र दलालको लाइसेन्स दिइने छैन । तर, स्वार्थ बाझिने गरी सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले कसरी अनुमति पायो भन्ने प्रश्नको जवाफ कसैसँग पनि छैन ।

एकाथरी मानिसहरुले धितोपत्र ब्रोकर लाइसेन्समा घोटाला भयो भन्दै चर्को आवाज उठाइरहेका छन् । तर, लगानीकर्ताहरुको हितका लागि नयाँ ब्रोकर लाइसेन्स अति अवस्थामा सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज जस्तै केही विवादित र स्वार्थ बाझिने गरी भएको नयाँ लाइसेन्स सम्बन्धी निर्णयले समग्र प्रक्रियालाई प्रभावित पार्ने त होइन ? प्रश्न उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*