शेयरबजारमा सामान्य अंकको सुधार, बैकिङ्ग इन्डेक्स घट्दा निर्जीवन बीमा उपसूचक सर्वाधिक बढ्यो

२ जेष्ठ २०८०, मंगलवार १५:०९

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग र अन्य उपसूचक घटेको छ भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज निर्जीवन बीमा उपसूचक शुन्य दशमलव ९९ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*