चैतमा ९ हजार बीमा पोलिसी बीचमै रद्द हुँदा १ अर्ब १८ करोड रुपैयाँ सरेण्डर, कुन कम्पनीबाट कति ?

२ जेष्ठ २०८०, मंगलवार १९:०८

काठमाडौं । चैत महिनामा जीवन बीमा कम्पनीहरुबाट १ अर्ब माथि रुपैयाँ बीमा पोलिसी सरेण्डर भएका छन् । हाल संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुबाट ९ हजार ३ सय ५८ बीमा पोलिसीबाट १ अर्ब १८ करोड रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्मा सबैभन्दा धेरै बीमा पोलिसी सरेण्डर नेपाल लाइफबाट भएको छ। जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा व्यवसाय भित्र्याउने कम्पनीको सरेण्डर बढी देखिनु स्वभाविक नै हो ।

चैतमा मात्रै नेपाल लाइफको ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।एलआईसी नेपाल १८ करोड ३७ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको छ ।

तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ। चैतमा संस्थानको १० करोड ५६ लाख बीमा पोलिसी सरेण्डर भएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्या ज्योति लाइफको १० करोड ४८ लाख रुपैयाँ, साविक गुराँस लाइफको ७ करोड ८६ लाख रुपैयाँ, नेशनल लाइफको ७ करोड ७३ लाख रुपैयाँ,मेट लाइफको ५ करोड ५८ लाख रुपैयाँ, एशियन लाइफको ४ करोड २२ लाख रुपैयाँ, प्राईम लाइफको २ करोड ८३ लाख रुपैयाँ, युनियन लाइफको २ करोड ३२ लाख रुपैयाँ र सिटिजन लाइफको १ करोड ३४ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएका छन् ।

त्यस्तै, आइएमई लाइफको १ करोड २४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ८१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७५ लाख रुपैयाँ, महालक्ष्मी लाइफको ७१ लाख रुपैयाँ, प्रभु लाइफको ५४ लाख रुपैयाँ र सन नेपाल लाइफको ३२ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको तथ्यांकले देखाएको छ।

Source: Nepal Beema Pradikaran

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*