रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

३ जेष्ठ २०८०, बुधबार ११:२४

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले जाँरी पुँजीको १० प्रतिशत अर्थात् २ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका खोटाङ्ग जिल्ला केपीलासगढी गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको आइपीओ जेठ १ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले गत चैत २३ गतेदेखि वैशाख २४ गतेसम्म आइपीओ निष्काशन गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई आइपीओ बाँडफाँड गरेको हो । आइपीओ रिजल्ट सम्बन्धी जानकारी बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/share-allotment  मार्फत हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*