३५ नम्बर ब्रोकरबाट एनआईसी एशिया बैंकको हिजो भएको कारोबार शकांस्पद, कस्ले गर्यो चलखेल ?

३ जेष्ठ २०८०, बुधबार १३:४३

काठमाडौं । एनआईसी एशिया बैंकको हिजो भएको कारोबार शकांस्पद भएको छ।हिजो ब्रोकर नम्बर ३५ (कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा. लि.) को भने खरिद भन्दा बिक्रि धेरै नै बढी रहेको छ। हिजो एनआईसी एशिया बैंकको कुल कारोबारको झन्डै ७० प्रतिशत शेयर एक्लैले छुटा छुटै क्लाईन्टलाई बिक्रि गरेको थियो । यो बिषयमा आम लगानीकर्ताहरुले ब्रोकर नम्बर ३५ लाई शंकाको घेरामा राखेर हेरेको देखिएको छ ।

हिजो ७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर ब्रोकर नम्बर ३५ बाट बिक्रि भएको थियो। त्यस्तै हिजो १ करोड ८० लाख बराबरको खरिद भएको देखिन्छ भने ६ करोड ९९ लाख रुपैंयाको सेयर बिक्रि भएको देखिन्छ।

विगत १ हप्ताको तथ्याङ्क हेर्दा पनि ब्रोकर नम्बर ३५ को खरिद भन्दा बिक्रि उच्च नै देखिन्छ। १ हप्ताको अवधिमा सो ब्रोकरबाट एनआईसी एसिया बैंक १२६,००० कित्ता, लक्ष्मी बैंक १८६,००० कित्ता नेपाल टेलिकम ३१,००० कित्ता, नबिल बैंक ३७,००० कित्ता कारोबार भएको छ। यी सेयरहरु एक ठूलै व्यापारीले बिक्रि गरिरहेको बुझिएको छ। व्यापार विस्तारका लागि रकम जुटाउन ती व्यापारीले सेयर बिक्रि गरेका हुन्।

यस बिषयमा शेयर बिश्लेषकहरुले भने हिजो ब्रोकर न ३५ बाट भएको हिजो भएको कारोबार शकांस्पद भएको बताँउछन् । यस समूहको गिरोहिको काम भएको भन्दै बीमापोष्टलाई गुनासो सुनाएका थिए ।

हिजो एकै दिन एनआईसी एशिया बैंकको क्लाईन्टले १० हजार कित्ता शेयर बिक्रि गर्दा छुटै छुटै बाएरले खरिद गरेको कारण फेल्सिटमा त्यस्तो देखिएको ब्रोकर नम्बर ३५ का भरत रानाभाटले बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*