कुथेली बुखरी स्मल हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति
३ जेष्ठ २०८०, बुधबार १६:१२

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)द्वारा आइपीओ निष्काशनको अनुमति पाएको हो ।
सेबोनले उक्त कम्पनीलाई २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको छ । कम्पनीले अब १०० अंकित दरका कुल २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ बिक्री खुल्ला गर्नेछ ।
कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी दुई चरणमा आईपीओ बिक्री गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।