नयाँ स्टक एक्सचेञ्ज लाईसेन्स नरोक्न माग गर्दै लगानीकर्ताहरुले भेटे प्रधानमन्त्री प्रचण्ड

३ जेष्ठ २०८०, बुधबार १६:२३

काठमाडौं । नयाँ स्टक लाईसेन्स नरोक्न माग गर्दै लगानीकर्ताहरुले भेटे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् ।आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई शेयर लागनीकर्ताहरुले आज भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

लगानीहरुले बुँदे माग प्रस्तुत गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिएकि छिन् ।लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेञ्जको लाइसेन्स प्रक्रिया नरोक्न प्रधानमन्त्री दाहालसँग माग गरेका थिए ।

यस्ता छन् मागः
१ ) लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।

२ ) बाह्र करोड सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।

३) शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।

४ ) लगानीकर्तालाई अल्पकालिन र दिर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुंजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।

५ ) विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।

६) तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*