सिटी होटल लिमिटेडको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

काठमाडौं । सिटी होटल लिमिटेडको आइपीओ यहि (जेठ ५ गते) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ बाँडफाँड शुक्रबार बिहान ९ः३० बजे क्यापिटलकै कार्यालयमा हुनेछ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० जनाको आवेदन परेको थियो । जुन माग भन्दा ९.४३ गुणा बढी हो ।
माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्, भने बाँकी १० लाख २५ हजार ६८६ जनाको हात खाली हुनेछ ।