स्वाभिमान लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

४ जेष्ठ २०८०, बिहीबार ०८:४८

काठमाडौं । स्वाभिमान लघुवित्तले शेयरधनीको खातामा २० प्रतिशत बोनस डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तको गत चैत ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । मंगलबार लघुवित्तको २० प्रतिशत बोनस वापतको २ लाख ४३ हजार ५६४।३० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १।०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लघुवित्तले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बैंशाख २ गतेदेखि बोनस जम्मा गरेको बताएको छ । सात्तको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*