बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु, एशियाका नियामक निकाय एकै ठाँउमा भेला हुँदै

४ जेष्ठ २०८०, बिहीबार ११:४९

काठमाडौं । नेपालमा बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ। प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहेको छ। जसमा नियामक निकाय बाहेक कसैको सहभागी हुँदैन ।नेपालको तर्फबाट नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसको लागि रजिष्टेसन फर्म खुल्ला गरिसकेको छ।

जसमा नेपालको लागि १५०० रुपैयाँ तोकेको छ । दुई दिने कार्यक्रममा सहभागी हुन चाह्ने बीमा कम्पनी, सर्भेयर, ब्रोकर, नेपाल रि र अभिकर्ताहरुले फर्ममा सम्पूर्ण विवरण भरेर शुल्क भुक्तानी गरेर मात्रै कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

बीमा प्राधिकरणले अन्तराष्ट्रियसम्मेलनको तयारी अन्तिम तयारीमा पुगिसकेको जनाएको छ। एशियामा रहेका बीमा क्षेत्रको नियामक निकायमा पनि जानकारी गराईसकेको छ। रजिष्ट्रेसन हुने काम भईरहेको प्राधिकरणले जनाएको छ ।
उक्त सम्मेलनको मूल विषय ‘एशियन इन्स्योरेन्स मिट बिल्डिङ रेजिलेन्स अफ इन्स्योरेन्स टुवार्ड्स इमरजिङ रिस्क’ रहेको छ ।

सम्मेलनका सह–आयोजकमा इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स, एशियाली विकास बैंक र एसेस टु इन्स्योरेन्स इनिसिएटिभ रहेका छन् ।सम्मेलनमा बीमा क्षेत्रको विद्यमान अवस्था, जोखिमका साथै सोको निवारणका लागि अवलम्बन गरिएका अन्तरराष्ट्रिय अभ्यासबारे छलफल हुनेछ ।

सम्मेलनमा बीमा क्षेत्रसम्बन्धी समग्र विषयमा कार्यपत्र पेश प्रस्तुत तथा छलफल गरिनेछ । साथै सहभागीहरूबीच यस क्षेत्रको अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।सम्मेलनमा जलवायु परिवर्तन र सोको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायका कामकारबाही, चुनौती र बीमा क्षेत्रको दिगो विकासका लागि चाल्नुपर्ने कदमबारे पनि छलफल हुने बताइएको छ ।

सम्मेलनमा बाह्य देशका बीमा, बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीको उपस्थिति रहनेछ । त्यस्तै नेपालका बीमा कम्पनी, बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमाविज्ञ, मध्यस्थकर्तालगायतको सहभागिता रहने प्राधिकरणले बताएको छ ।कार्यकारी निर्देशक राजु रमण पौडेलले उक्त कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकबाट तीन सयभन्दा बढीको सहभागिता रहने जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले विगतमा पनि बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ । तर विभिन्न एशियाली मुलुकका बीमा क्षेत्रको नियामक निकाय, बीमक, बीमाविज्ञका साथै अन्य सरोकारवालाको समेत सहभागितामा हुन लागेको बृहत् सम्मेलन भने यो पहिलोपटक रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*