पुँजि बजारका ठूला सेटिङकर्ता सरकारको निगरानीमा छन्ः प्रधानमन्त्री प्रचण्ड

४ जेष्ठ २०८०, बिहीबार १४:१२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजि बजारमा भएका ठूला ठूला सेटिङकर्ता पनि हाम्रो ध्यानमा रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा एक सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
पछिल्लो समय सरकारको ध्यान भुटानी शरणर्थीमा मात्रै रहेको भन्ने आम जनमानसमा गलत हल्ला फैल्याईएको भन्दै उनले सरकार उक्त बिषयमा मात्रै केन्द्रित नरही सरकारको ध्यान अन्य फाइलमा पनि रहेको ध्यानाकर्षण गराएका छन ।

उनले शेयर बजारमा लागेको ठूला सेटिङकर्ताको बिषयमा समेत छानविन गर्ने तयारी भईरहेको जानकारी दिएका छन्।

देश आर्थिक, राजनीतिक र सांस्कृति रुपले गम्भीर अप्ठेरो स्थितिबाट गुज्रिनुपरेको र त्यसको प्रमुख कारण संस्थागत भ्रष्टाचार नै भएको पनि उनले दाबी गरे । ‘चौतर्फी भ्रष्टाचारले देश निकै असहज ठाउँमा जान लागेकोले अहिले हामीले आफूलाई सच्याउने अवसर छ । भ्रष्टाचार विकृति र विसंगतिको विरुद्ध नयाँ अभियान थालौं।’

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*