नेपाल टेलिकमसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
४ जेष्ठ २०८०, बिहीबार १५:०२
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा एकाएक अंकको सुधार देखिएसँगै आज एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक नेपाल टेलिकमको ८ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ७करोड ११ लाख, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख, एभरेष्ट बैंकको ३ करोड ५९ लाख र नागरिक लगानी कोषको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ।