अर्थसमितिमा नयाँ स्टक एक्सचेन्जमा आर्थिक चलखेलको भएको भन्दै तत्काल अध्ययन गनुपर्ने माग
५ जेष्ठ २०८०, शुक्रबार ११:१३

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स वितरणको विषयले संसदको अर्थ समितिमा छलफल भएकोे छ । सांसद पदम गिरीले यस विषयमा प्रश्न उठाएका थिए ।नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स दिने नाममा आर्थिक चलखेलको भएको भन्दै अर्थ समितिले तत्काल अध्ययन अगाडि बढाउनुपर्ने सांसद गिरीको अर्थमन्त्रमा प्रस्ताव राखेका छन् ।
उनले नयाँ स्टक एक्सचेन्ज र स्टक ब्रोकरको लाइसेन्सबारे अर्थ समितिबाट विगतमा भएका अध्ययन र अध्ययनबाट प्राप्त सुझाव प्रतिवेदनहरुको कार्यान्वयनको अवस्थाबारे ‘अपडेट’ लिनुपर्ने बताए ।नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अहिले मन्त्रिपरिषदले रोकेको छ ।