बीमाको पहुँच देशव्यापी रुपमा विस्तार गरिने, स्थानीय सरकारमार्फत लघुबीमाको प्रबर्द्धन

५ जेष्ठ २०८०, शुक्रबार १६:३५

काठमाडौं । सरकारले बीमाको पहुँच देशव्यापी रुपमा फैलाउने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रम घोषणा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बीमाको पहुँच देशव्यापी रुपमा पुर्याउने घोषणा गरिएको हो ।
राष्ट्रपति पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा लघुबीमालाई स्थानीय सरकारमार्फत प्रबद्र्धन गरिने घोषणा गर्नु भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समावेश भएको यस्तो योजना केवल नीतिगत मात्रै हो । अब बजेटमा थप विस्तृत विवरण आएपछि आगामी नेपाल बीमा प्राधिकरण र अन्य लाइन एजेन्सीमार्फत सरकारका विभिन्न निकायहरुले लागू गर्नेछ ।
आगामी आवमा सरकारले लघु बीमालाई उच्च प्राथमिकता दिईन गाउँ गाउँमा पुर्याउने लक्ष्य लिएको आज घोषणा गरिएको नीति तथा कार्यक्रमले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*