राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

७ जेष्ठ २०८०, आईतवार ११:३२

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा राष्ट्रिय बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको । धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य आज १० प्रतिशत अर्थात् १२८२ रुपैयाँ ५० पैसाले बढेर शेयरमूल्य १४ हजार १०७ रुपैयाँ ५० पैसा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १४ हजार रुपैयाँमाथि उक्लिएको हो । केही समयअघि कम्पनीको शेयरमूल्य घटेर १२ सयसम्म पुगेको थियो । साथै शेयरमूल्य बढेसँगै कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री समेत भएको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ । साधारण सभामा कम्पनीले बोनस शेयर वा नगद लाभांश प्रस्ताव नसमेटिए पनि लगानीकर्ताहरु कम्पनीप्रति थप आकर्षित बन्न पुगेका छन् ।

अन्य कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशनलाई पालना गर्दै पुँजी बृद्धितर्फ अग्रसर हुँदा राष्ट्रिय बीमा कम्पनीलाई समेत पुँजी बृद्धिको प्रेसर रहेको छ । कम्पनीले अब लाभांश जारी नगरेपनि पुँजी बृद्धि गर्न या त हकप्रद शेयर जारी गनुपर्ने देखिन्छ । यसकारण पनि कम्पनीको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण थप देखिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*