आइतबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए
७ जेष्ठ २०८०, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५.८८ को अंकले बढेर १८८३ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार झिनो अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज आदर्श लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य घटेको छ ।












