शेयरबजारमा झिनो अंकको बृद्धि, निर्जीवन बीमा उपसूचक सर्वाधिक बढ्दा डेढ अर्बको कारोबार

७ जेष्ठ २०८०, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आज ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा केही दिनयता रौनकता छाउन थालेको छ । नेपाल राष्ट्र बैंकले बैैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९, अनुसार बैंक तथा वित्तीय संस्थाको बैंकदर (कर्जाको ब्याजदर) घटाउने विषयले गर्दा शेयरबजारमा सुधार देखिन पुगेको हो ।

साथै सरकारको आगामी नीति तथा कार्यक्रममा पनि बैंक तथा वित्तीय संस्थाको तरलता समाधान गर्ने लगायतका पुँजीबजार सुधारका नीतिहरु अवलम्बन गर्ने जस्ता कुराहरु समेटिएकाले शेयरबजार केही हदसम्म सुधारिन पुगेको हो । यसैका वाबजुत पनि आज शेयरबजारमा डेढ अर्बको कारोबार हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकमा हरियाली छाएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घट्न पुगेको छ ।

सर्वाधिक निर्जीवन बीमा उपसूचक आज २.८० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०.६२ प्रतिशतले घटेकोेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*