बीमितको रोजाइमा पर्दै आइएमई लाइफको ‘बालकिरण जीवन बीमा पोलिसी’

८ जेष्ठ २०८०, सोमबार १४:१५

काठमाडौं । गत वर्षको असार महिनामा सार्वजनिक भएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई बालकिरण जीवन बीमा’ पोलिसी पछिल्लो समय बीमितहरुको रोजाइमा पर्ने गरेको छ । एक बर्ष नवित्दै उक्त पोलिसीले हजारौं बीमितहरुको मन जित्न सफल भएको छ ।

स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफले ल्याएको उक्त योजना बीमितहरुमा लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमालेख भएको दाबी गरेको छ ।

बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने गर्दछ । यसकारण पछिल्लो केही समययता आइएमई लाइफको यस बीमा योजनाप्रति बीमितहरुको आकर्षण बढ्दो देखिन्छ ।

खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने हुन्छ । यसका साथै एउटै बीमामा दोहोरो जीवनको बीमा हुने भएकोले गर्दा पनि आफ्ना बच्चाहरुको लागि उक्त पोलिसी खरिद गर्दा उपयुक्त हुने कम्पनीले जनाएको छ ।

उक्त पोलिसीअन्तर्गत जोखिम कभर भइसकेपछि बीमित (बालबालिका)को मृत्यु भएको खण्डमा आधारभूत बीमाङ्कीय रकमको २५ प्रतिशत तुरुन्तै भुक्तानी हुने र बाँकी ७५ प्रतिशत आधारभुत बीमा रकम र बोनस परिपक्वतामा एकमुष्ट भुक्तानी गरिनेछ ।

यसैबीच गत वर्षका पुष महिनामा सिन्धुपाल्चोक वडा नं. ८ घर भई हाल च्यासल, ललितपुरमा बस्ने सुभास श्रेष्ठ र कुमारी श्रेष्ठले छोरी जन्मिएको केही दिनमा नै छोरीको नाममा आइएमई लाइफको ‘बाल किरण जीवन बीमा पोलिसी’ खरिद गरिदिएर बीमा गराइदिएका थिए । श्रेष्ठ दम्पत्तिले छोरीको भविष्य सुनिश्चित गर्नका लागि आइएमई लाइफको उक्त पोलिसी खरिद गरिदिएका थिए ।

उक्त पोलिसीबाट छोरीको भविष्य सुनिश्चित हुने, भविष्यमा हुन सक्ने जोखिम बहन हुने, छोरीको पढाई खर्च लगायतका आर्थिक जोखिम भार हुने भएका कारण उक्त पोलिसी नै रोजाइमा परेको सुभासले बताए । उक्त पोलिसीबाट बच्चाको अध्ययन खर्चमा समेत यस पोलिसीबाट सहयोगी भूमिका खेल्ने सुभासले अपेक्षा राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*