बीमा प्राधिकरणको दाबी भुक्तानी बर्ष प्रभावकारी बन्दै, दाबी भुक्तानी हुन बाँकि रकम ४१ प्रतिशतमा सिमित (तथ्यांक सहित)

९ जेष्ठ २०८०, मंगलवार १३:४५

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी बर्ष मनाउने अभियान नै अघि बढाएको छ । दाबी भुक्तानी बर्ष मनाउदै गर्दा बीमा दाबी भुक्तानीको बाँकि रकम करिब ४१ प्रतिशतमा सिमित राख्न सफल भएको छ ।

जीवन कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १७ कम्पनीमध्ये ७ जीवन बीमा कम्पनीले दाबी भुक्तानी बर्ष घटाएको छ। बीमा प्राधिकरणले कम्पनीहरुलाई छिटो र छरिटो रुपमा दाबी भुक्तानी गराउन र उजुरी शाखामा आएको दाबी भुक्तानीलाई केन्द्रमा राखेर काम गरिरहेको छ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल ४ अर्व ६२ करोड रुपैयाँ बीमा दावी भुक्तानी गर्न बाकि रहेको छ । १७ जिवन बीमा कम्पनीहरुले प्रकाशित गरेको तेस्रो तैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनीहरुले भुक्तानी गनुपर्ने दावी रकम ४१ प्रतिशतमा सिमित राख्न सफल भएको छ। गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीहरुको भुक्तानी गर्नुपर्ने दाबी रकम ३ अर्ब २६ करोड रहेको थियो ।

 

 

चालु आर्थिक वर्षको नौ महिनासम्ममा १७ जीवन बीमा कम्पनीहरु मध्ये ७ कम्पनीको दावी भुक्तानी गनुपर्ने रकम बढेको छ भने ७ कम्पनीको सो रकम घटेको छ । यस अवधिमा एक कम्पनीको सो रकम स्थिर रहेको छ । यसका साथै दुई कम्पनीको भुक्तानी गर्नुपर्ने दावी रकम अघिल्लो आवको छैन ।

समिक्षा अवधिसम्ममा आईएमई लाइफको भुक्तानी गर्न बाकि दाबी रकम सबैभन्दा प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्ममा कम्पनीको सो रकम १६०२ दशमलव १८ प्रतिशतले बढेर ४ करोड १३ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो नम्बरमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिसम्ममा कम्पनीले दावी भुक्तानी गनुपर्ने रुकम ८४७ प्रतिशतले बढेर ११ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो नम्बरमा महालक्ष्मी लाइफ रहेकोे छ । यस अवधिमा कम्पनीको सो रकम ३९८ दशमलव ६२ प्रतिशतले बृद्धि भएर २१ लाख रुपैयाँ कायम भएको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको ३१९ प्रतिशत, नेशनल लाइफको ४० प्रतिशत, सूर्यज्योति लाइफको १५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशतले भुक्तानी गनुपर्ने दाबी रकम बाकि रहेको छ ।

त्यस्तै, यस अवधिसम्ममा प्रभु लाइफको दावी भुक्तानी गर्नुपर्ने रकम सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । कम्पनीको सो रकम ७७ दशमलव ३ प्रतिशतले घटेर ६७ लाख रुपैयाँमा सीमित रहेको छ ।

दोस्रो नम्बरमा सन नेपाल लाइफले भुक्तानी गर्नुपर्ने दावी रकम घटाएको छ । यस अवधिमा कम्पनीको सो रकम ५१ दशमलव ५४ प्रतिशतले घटेर ३३ लाख रुपैयाँ रहेको छ ।

तेस्रो नम्बरमा रहेको साविकको युनियन लाइफको भुक्तानी गर्नुपर्ने दावी रकम ३६ दशमलव ९४ प्रतिशतले घटेर ८१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा नेपाल लाइफको ३४ प्रतिशत, एशियन लाइफको २१ प्रतिशत, मेट लाइफको १२ प्रतिशतले भुक्तानी गर्नुपर्ने दावी रकम घटेको छ ।यस अवधिसम्मा साविकको प्राइम लाइफको भुक्तानी गर्नुपर्ने दावी रकम सबैभन्दा कम प्रतिशतले घटेको छ । यस अवधिसम्ममा कम्पनीको सो रकम ४ दशमलव ८६ प्रतिशतले घटेर ४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

सानिमा रिलायन्स लाइफ र रिलायबल नेपाल लाइफ कम्पनीहरुको स्थापना भएको धेरै समय नभएको र दाबी गनुपर्ने रकम समयमा नै भुक्तानी गरेको तथ्यांकले देखाएको छ ।सम्रगमा भन्नुपर्दा जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकको आधारमा हेर्ने हो भने बीमा प्राधिकरणको दाबी भुक्तानी बर्ष प्रभावकारी भएको देखिएको छ ।

बीमा प्राधिकरणले यसअघि दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, पारदर्शी तथा व्यवस्थित बनाई बीमितको हित रक्षा गर्न आवस्यकता रहेको भन्दै बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६ जारी गरेको थियो ।

उक्त निर्देशिकामा परिपक्व भएको बीमालेखको दाबी भुक्तानीको हकमा बीमा कम्पनीले बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बीमालेख तथा परिचय खुल्ने कागजातहरू लिई भुक्तानी लिन आउन सूचान जारी गर्नु पर्ने व्यवस्था रहेको छ ।

बीमितले सो बमोजिम कागजातहरू पेश गरेमा कम्पनीहरूले आवस्यक जाँचबुझ गरी निवेदन दर्ता भएको ७ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने व्यवस्था उक्त निर्देशिकाले गरिदिएको थियो ।बीमालेखको अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई पनि इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो बीमा रकम लिन सक्ने व्यवस्था रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*