भ्रष्टाचारका अभियुक्त प्रेम राई अख्तियारमा कहिलेसम्म टाँसिइरहने ?

१० जेष्ठ २०८०, बुधबार १०:५१

समाचार टिप्पणी

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई यतिबेला चरम विवादमा छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका कानुनी रुपमा भ्रष्टाचारका अभियुक्त हुन बाँकी रहे पनि नैतिक रुपमा अभियुक्तकै सरहको सन्देश जनतामा प्रवाह भइरहेको छ । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकायको प्रमुख देशकै कुख्यात भ्रष्टाचार काण्डमा मुछिँदा समेत पदमा टाँसिएर बसिरहेको बारे आम जनचासो उत्पन्न भइरहेको छ ।

अधिवक्ता धनञ्जय खनालले भ्रष्टाचार निवारण सम्बन्धी संस्थामै भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति टाँसिएर बसिरहनु उचित नभएको बताए । त्यस्तै, सामाजिक अभियान्ता रसना ढकाल पनि अख्तियारको प्रमुखका रुपमा प्रेम कुमार राईको उपस्थितिले देशैभरिका भ्रष्टाचारीको मनोबल बढेको र देशमा सुशासन भन्ने नहरेको प्रतिक्रिया दिईन् ।

भ्रष्टाचार निवारण सम्बन्धी संस्थामा उच्च नैतिकता भएको व्यक्ति मात्रै आसिन हुने पाउने भएपनि राजनीतिक पहुँचका आधारमा भ्रष्टाचारी र भ्रष्टाचारीलाई जोगाउने अनैतिक कार्य भइरहेको छ । प्रेम राईले बीमा प्राधिकरणमा भएका अर्बौ घोटालाका छानविन गरी सेटिङ नगरेका थिए । उनले बीमा प्राधिकरणको काण्ड मिलाए बापत नयाँ बानेश्वरमा दुई करोड रुपैयाँ लिएको आरोप लाग्दै आएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालसँग मिलेर गरेको सेटिङ, घोटाला घुस काण्डको छानविन हुन बाँकी नै छ ।

यस्ता भ्रष्टाचारीका अभियुक्तलाई तत्काल पदमुक्त गर्नुपर्ने आवाज जनस्तरमा चर्को रुपमा उठेको भएपनि प्रमुख आयुक्त पदमा लाज, घिन पचाएर अनैतिक किसिमले प्रेम राई टाँसिदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*