नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण बीमा प्राधिकरणबाट पारित, हकप्रद शेयर के होला ? (कम्पनीको हाल वित्तिय अवस्था सहित)

१० जेष्ठ २०८०, बुधबार १२:२३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण नेपाल पुनर्बीमा कम्पनीबाट स्वीकृत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट नेपाल पुनर्बीमा कम्पनीको आर्थिक बर्ष २०७८र७९ को वित्तिय विवरण पारित भएको हो ।कम्पनीले उक्त वित्तिय विवरण भित्र लाभांश प्रस्ताव र अन्य एजेण्डाहरु राखेको छ। तर हकप्रद शेयरको बिषयमा भने अर्थमन्त्रालय र नेपाल सरकारको निर्णय पश्चात् मात्रै यो बिषय अघि बढ्छ । कम्पनीमा सरकारको ४४ प्रतिशत शेयर स्वामित्व रहेको छ।

कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालयसँग छलफल गरेर सहमत गरे मात्रै हकप्रद शेयर निष्काशन गर्न पाईन्छ । अन्यथा, कम्पनीको संचालकको मात्रै निर्णयले भने यो बिषय अघि बढ्दैन । आम लगानीकर्तामा कम्पनीले हकप्रद शेयर जारी गर्छ भन्ने धारणा रहेको छ।

कम्पनीमा कस्को शेयर कति छ ?

नेपाल पुनर्बीमा कम्पनीमा ४४ प्रतिशत नेपाल सरकारको लगानी रहेको छ।त्यस्तै, बीमा कम्पनीहरुको र गृहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको ०।३६ प्रतिशत शेयर, ग्लोबल आइएमई क्यापिटलको ०।६० प्रतिशत, ग्लोबल आइएमई बैंकको ०।६० प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ०।९६ प्रतिश, आइएमई लिमिटेडको १।२० प्रतिशत, विशाल गुप्रको ३।०२ प्रतिशत, ज्ञान सेकुरीटिजको ०।७१ प्रतिशत, र सर्वसाधारणको १६ प्रतिशत शेयर रहेको छ।

क्रेडिट रेटिङबाट पनि उत्कृष्ट
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ । क्रेडिट रेटिङबाट पनि कम्पनीले डबल ए माइनस पाएको छ । यसले जोखिम न्यून छ भन्ने संकेत गर्दछ ।
कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ ।
नेपाल पुनर्बीमा कम्पनीको वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता सबल देखिएको जनाउँदै इक्राले पुरानै रेटिङलाई निरन्तरता दिएको हो ।
डबल ए माईन्स रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस माइनस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो ।उच्च क्षमतायुक्त क्रेडिट रेटिङ पाएसँगै अब नेपाल पुनर्बीमा कम्पनीलाई व्यवसाय विस्तारमा थप सहज भएको छ ।

आइएसओ प्रमाण पत्र प्राप्त कम्पनी

कम्पनीले आइएसओ प्रमाण पत्र प्राप्त गरेको छ। आन्तरिक व्यवस्थापन प्रकृयालाई उचित ढंगबाट दस्तावेजीकरण गरेकाले कम्पनीले आइएसओ ९००१ः२०१५ प्रमाण पत्र प्राप्त गरेको हो ।
यो प्रमाण पत्र प्राप्त गर्नका लागी विभिन्न मापदण्ड पुरा गर्नुका साथै प्रमाण पत्रका लागी दर्ताशुल्क वापतको रकम समेत भुक्तानी गर्नुपर्छ।
कम्पनीको आफनौ भवनको निमार्ण
नेपाल पुनर्बीमा कम्पनीले सुविधासम्पन्न रुपमा आफनौ भवन निमार्ण गर्ने भएको छ। पुनर्बीमा कम्पनीले बानेश्वर ३१ नम्बर वडा शान्तिनगरस्थित तीनकुने पुल नजिकै लायन्स आँखा अस्पताल छेउमा भवन निर्माण गर्न लागेको हो ।
यसअघि भाडामा बस्दै आएको कम्पनीले अब भने आफनौ कार्यालयमार्फत सेवा सुविधा प्रदान गर्ने भएको छ।

जीवन बीमा कम्पनीहरुको पुनर्बीमा नविकरण यस बर्ष कम्पनी मार्फत नै हुने

जीवन बीमा कम्पनीहरुको पुनर्बीमा नविकरण यस बर्ष कम्पनी मार्फत नै हुने भएको छ। कम्पनीको प्रतिस्पर्धीको रुपमा आएको हिमालयन रि इन्स्योरेन्सको पक्षमा बोल्दै आएको प्राधिकरणले यस आर्थिक बर्षमा कम्पनीहरुलाई निर्देशन नै दिएर पुनर्बीमा कम्पनीको पक्षमा पनि बोलेको देखिन्छ ।

बैशाख २९ गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै प्राधिकरणले गत असोज २७ अघिको पुनर्बीमा सम्झौता नविकरण गर्दा साविकमा नेपाल पुनर्बीमा कम्पनी सँग पुनर्बीमा सम्झौता गरेका सबै जीवन बीमकहरुको हकमा शुरु जोखिमाङ्कन स्वीकार गरेको आधारमा सोहि पुनर्बीमकसँग गर्न निर्देशन दिएको छ ।

यसले पनि पुनर्बीमा कम्पनीको व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अवस्था देखिन्छ ।

किन ढिला हुन्छ कम्पनीको वित्तिय विवरण ?

हाल संचालनमा रहेका जीवन र निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। तर कम्पनीको हकमा ढिला हुन्छ ।नेपाल पुनर्बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मकै वित्तीय विवरण सार्वजनिक गर्न नसकेको अवस्था छ । अहिलेसम्म चालु आवको दोस्रो वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गर्न नसक्नुमा कम्पनीहरुले विवरण पठाउनका लागि गरेको ढिला सुस्ती मुख्य कारण रहेको कम्पनीले बताएको छ ।

कतिपय कम्पनीहरुले विवरण पठाउन ढिलाई गर्ने गरेका कारणले गर्दा समयमा नै आफूले वित्तीय विवरण सार्वजनिक गर्न नसकेको कम्पनीको दाबी छ । भनेको बेलामा कम्पनीहरुले तथ्यांक नपठाउनुमा उनीहरुको प्राविधिक कारण समेत रहेको कम्पनीका अधिकारी बताँउछन् ।कम्पनीहरुले वित्तिय विवरण पठाएर मात्रै अन्तिम चरणमा सबै वित्तिय विवरण मिलाउनुपर्ने कारणले गर्दा कम्पनीको वित्तिय विवरण ढिला आउने गर्दछ ।

कम्पनीको प्रथम त्रैमासको रिर्पोट

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमासको वित्तीय विवरण मात्रै सार्वजनिक गरेको छ।
कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा हेर्ने हो भने निर्जीवन व्यवसायबाट १७ करोड ८४ लाख र जीवन व्यवसायबाट १ करोड ५ लाख खुद नाफा गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख र जीवन व्यवसायबाट ७ करोड ५० लाख खुद नाफा गरेको थियो । निर्जीवन व्यवसायबाट हुने नाफा वृद्धि हुँदा जीवन व्यवसायबाट हुने नाफा घटेको छ ।

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य बढ्दै

दोस्रो बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य पछिल्लो एक सातादेखि बढ्दो क्रममा छ ।
कम्पनीको दोस्रो बजारमा ८६ अर्ब ८५ लाख रुपैयाँ बराबरको बजार पुँजिकरण रहेको छ। गत साता ६ सय रुपैयाँमाथिको हाराहारीमा रहेको कम्पनीको शेयर मूल्य ७ सय माथि उकालो लाग्न सुरु गरेको छ ।

लाभांश ईतिहास हेर्दा

कम्पनीले दिएको लाभांश ईतिहास हेर्ने हो भने आर्थिक बर्ष २०७६र७७ मा कम्पनीले १९ प्रतिशत लाभांश घोषणा गरेको थियो । यो बर्ष नै सबैभन्दा धेरै लाभांश दिएको हो ।
त्यस्तै, आर्थिक बर्ष २०७७र७८ मा कम्पनीले ५।२६३२ प्रतिशत र आर्थिक बर्ष २०७८र७९ मा कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*