सूचांकमा आधारित बाढी बीमाको एक दिने वकशर्प सम्पन्न, बीमा प्राधिकरण योजनाप्रति सकारात्मक

११ जेष्ठ २०८०, बिहीबार १६:३४

काठमाडौं । सूचांकमा आधारित बाढी बीमा नीतिको मानकीकरण र मापनको वकर्शप ललितपुरमा हिजो सम्पन्न भएको छ । परम्परागत ढाँचाको बीमाशैली छोड्दै नयाँ बीमा शैली अपनाउदै काम गरिरहेको यस योजनाले बीमामा विश्वासको वातावरण सिर्जना गराउन सफल भएको छ।परम्परागत बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पाएको यस योजनामा बीमितहरुको सहभागीता, क्लेम सेटलमेन्ट, यसको प्रकृयाको बारेमा कार्यक्र्रममा सपष्ट पारिएको थियो ।

भूमि अनुसन्धान तथा निति संवादका लागि सहकार्य तथा युएसआईडि तयार नेपाल,सगरमाथा इन्स्योरेन्स कम्पनी र डिजिटल पार्टनरको रुपमा खल्तीले यस परियोजनामा सहभागी भई सफलताको रुपमा काम गरिरहेको छ। यस योजनामा बीमितले बीमा दाबी भुक्तानीमा सहजता पाउनुको साथै उचित परामर्श समेत पाँउदछन् ।

हिजो भएको एक दिने वकर्शपमा नियामक निकाय बीमा प्राधिकरण, सगरमाथा इन्योरेन्सका प्रतिनिधि, खल्ती वालेटको प्रतिनिधि, युएसआईडी, नेपाल सरकारको प्रतिनिधि, स्टिम सोलुसन र पत्रकारको उपस्थिी रहेको थियो ।वकर्शपमा सूचकांकमा आधारित बाढी बीमा नीतिको मानकीकरण र मापनमाको बिषयमा समयसमयिक बिषयमा छलफल गरिएको थियो।

त्यस्तै, सूचांकमा आधारित बीमाको सम्भाव्यता परिक्षणको सिकाई, नेपालमा प्रकोपको विरुद्धको अर्को कदम, डिजिटलाइज आईबीइफआई निति मोबाईलको प्रयोग, यसको पहुँचको बिषय, पाईलेटिङ बीमाको बिषय र यसको अनुभव साझेदारी बिषय, सूचाक बाली बीमा उत्पादन बढाउन चुनौती, बिपद् जोखिम ट्रान्सफरमा बीमालाई एकिकृत गर्ने बिषयमा छलफल गरिएको थियो ।कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका महानिर्देशक रुद सिंह तामाङले कृषि बीमामा उत्पादनभन्दा क्षती बढी रहेको बताए । यो प्रोजेक्टको काम सरानीय भएको भन्दै उनले यस्ता कार्यक्रम आगामी दिनमा थप व्यवस्थीत ढंगले लागुपर्ने बताए ।

वर्कसपमा यो कार्यक्रम लाभदायी हुँदै गएको आगामी दिनमा यस्तो बीमालाई अन्य बीमा कम्पनीहरुमा समेत लागु गर्ने अभ्यासको वातावरण सिर्जना गनुपर्ने बताएका थिए ।वर्कसपमा खल्ती पमेन्टका डाईरेक्टर अरबिन्द शाहले कृषकहरुको समयलाई मध्यनजर गर्दै अनलाईबाटै बीमा गर्ने देखि दाबी भुक्तानीको प्रकृयाले बीमितलाई थप सहज भएको प्रतिकृया पाएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*