बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी, पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न पाउने

१३ जेष्ठ २०८०, शनिबार १३:२०

काठमाडौैं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको छ । पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थालाई उचित कार्यान्वयन गर्न यो निर्देशिका जारी गरेको हो ।याो व्यवस्था अनुसार बीमा कम्पनीहरुले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफुले धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउने व्यवस्था गरेको छ। जसमा जोखिम पुरै स्वीकार गर्ने जोखिम बाहेकको बीमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बीमाको व्यवस्था गर्नु पर्ने भएको छ ।

बीमकले पुनर्बीमा गर्दा जोखिमको विविधिकरण गर्नु पर्नेछ । बीमकले प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त मात्रामा विश्लेषण गर्नु पर्नेछ । बीमकले प्रत्यके बीमालेखमा उचित र पर्याप्त मात्रामा पुनर्बीमाको व्यवस्था नगरी बीमालेख जारी गर्नु हुँदैन । बीमकले प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिमको आफूले धारण नगरी शतप्रतिशत पुनर्बीमा गराउनु हुँदैन ।

बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नु पर्नेछ र पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई चौवीस घण्टा जवाफ पठाउनु पर्नेछ । पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न सक्नेछ ।

बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार अनुसार पुनर्बीमा व्यवस्था गर्नुपर्नेछ । बीमले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेख/प्रति जोखिममा बीमकको धारण नेपाल भित्र रहेको आफ्नो नेट वर्थको अधिकतम धारण जीवन बीमकको हकमा शुन्य दशमलव पाँच प्रतिशत र निर्जीवन बीमकको हकमा पाँच प्रतिशत भन्दा बढी हुनु हुँदैन । जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न सकिनेछ । विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रुपमा कारोबार गरिरहेका बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमता बमोजिमको धारण कायम गरी पुनर्बीमा गर्न सकिनेछ ।

Reinsurance-Guidlines-2080.02.13

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*