बीमा कम्पनीहरुले नेटवर्थको आधारमा र पोर्टफोलियो अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने, बीमकले कति जोखिम धारण गर्न पाईने ?

१४ जेष्ठ २०८०, आईतवार १६:१९

काठमाडौं । बीमा कम्पनीहरुले अब आफनो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।
नियामक निकाय प्राधिकरणले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जिवन बीमा कम्पनी बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरि बीमा प्राधिकरणले यो निर्देशिका जारी गरेको जनाएको छ ।

प्राधिकरणले बीमकले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेख र प्रति जोखिममा बीमकको धारण नेपाल भित्र रहेको आफनो नेट वर्थको अधिकतम् धारण गर्ने जीवन बीमकको हकमा शून्य दशमलव पाँँच प्रतिशत र निर्जिवन बीमकको हकमा पाँच प्रतिशतभन्द बढी हुनु नहुने प्रावधान रहेको छ ।

त्यस्तै, जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न पाउछन् । बीमा प्राधिकरणका अनुसार बीमकको पुनर्बीमा निर्देशिका उपदफा (२) अन्तर्गत विदेशमा प्रधान कार्यालयका क्षमता बमोजिमको धारणा कायम गरी पुनर्बीमा गर्न सक्ने व्यवस्था रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*