बीमा कम्पनीहरुको लगानीयोग्य रकम पौने ७ खर्ब, जीवन र निर्जीवनको कति ?

१४ जेष्ठ २०८०, आईतवार १७:१८

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य रकम बृद्धि हुदै गइरहेको छ । आर्थिक वर्ष २०७९।८० को फागुनसम्म लगानीयोग्य रकम ६ खर्ब ८२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कुल लगानीयोग्य रकममध्ये जीवन र निर्जीवन बीमाको अंंश क्रमशः ८४.७ प्रतिशत र १५.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९।८० को फागुन मसान्तसम्म जीवन बीमा तर्फ १ लाख १३ हजार २६ बीमालेखअन्तर्गत १८ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ । त्यस्तै, निर्जीवन बीमा तर्फ १ लाख ९ हजार ९८० बीमालेखको १६ अर्ब ४८ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको छ । गत आव २०७८।७९ मा जीवन बीमातर्फ ३ लाख ३१ हजार ६३५ बीमा दाबीको ४४ अर्ब ६० करोड र निर्जीवन बीमातर्फ १ लाख ४१ हजार १८६ बीमादाबीको १८ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*